नजाउ प्यारा मलाई छोडी बिदेशी भूमिमा
गरेर खाऔं केही न केही स्वदेशी भूमिमा।
फुलेको मेरो बैशको फूल वैलेर जाँदैछ
नभेटीकन जवानी मेरो लौ खेर जाँदैछ
रुझेर बस्दा आँशुले आँखा कसले पुछ्ने हो
अमूल्य मेरो समय त्यसै ब्यर्थैमा बित्ने भो
बगेको होला पसिना तिम्रो खाडीमा जोतिंदा
चसक्क छाती चर्किन्छ होला मलाई संझिंदा
साहुको ऋण तिरेर अब स्वदेश फर्किनु
बिरामी मेरो मनमा तिमी ओखती छर्किनु।
No comments:
Post a Comment