प्रेमी प्रेमिकाको प्यार,मैले देखेको छु
कतै जीत कतै हार ,मैले देखेको छु।
प्रेमसागरमा डुब्दा कोही बल्छी हान्छ
सिकारी अनि सिकार,मैले देखेको छु।
"बलीको बोका भएँ"-भन्थ्यो एक प्रेमी
र हान्दै गरेको मार, मैले देखेको छु।
अलपत्र पारी बीचमै छोडेको देखियो
तार्छु भन्नेले जंघार, मैले देखेको छु।
कुसंस्कार तोड्न बने प्रेमको हत्यारा
अशुभ छ समाचार, मैले देखेको छु।
No comments:
Post a Comment