इन्द्रेणीको रंग भन्दा तिम्रो रंग राम्रो
अप्सराको अंग भन्दा तिम्रो अंग राम्रो।
हीरा जस्तै चम्किदिन्छ्यौ तिमी राती पनि
फूल बर्से जस्तो लाग्छ तिमी माथि पनि
हिमालको रुप भन्दा तिम्रो रुप राम्रो
झूटो बोल्या हैन मैले साँच्चै खुब राम्रो।
चन्द्रमाको दाग हुन्छ तर तिम्रो छैन
तिम्रो गुण नदेख्ने त त्यो मान्छे नै हैन
अनुहार राम्रो लाग्छ केश पनि राम्रो
राम्रो मान्छेको जुत्ताको लेस पनि राम्रो।
No comments:
Post a Comment