Monday, 11 September 2017

बाँकी छ र?

यो भाग्य फेरिन बाँकी छ र?
कि अझै लेखिन बाँकी छ र?

पर्ख-पर्ख मात्र भन्छौ तिमी
ए! सिङ उम्रिन बाँकी छ र?

निभ्न लागेको दियालो जस्तै
केबल चम्किन बाँकी छ र?

राहदानी त बनाइ सक्यौ
खाडीमा बेचिन बाँकी छ र?

तन मन धन सबै लियौ
फेरि के नै लिन बाँकी छ र?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...