Wednesday, 20 September 2017

साउने झरी

साउने झरी बर्षेको बेला अप्सरा देख्याथें
देखेर बस्न सकिन त्यसै,भावना लेख्याथें
हल्लाई दिंदा,घना त्यो केश,जसरी चरीले
मुहार मेरो,रुझाइ दिई,~~कस्तरी परीले।

पुष्पको जस्तो सुगन्ध आई नाकमा ठोकियो
जानुथ्यो दूर,एकल यात्री,मार्गमै रोकियो
हेरेर बसें,उनकै रुप,~~~~पागल भएर
आँखामा रम्न इच्छा पो जाग्यो,गाजल भएर।

पातलो लुगा,शरीर भरी,~~टमक्क टाँसेको
हिमाल सरी मुस्कान छरी,मुसुक्क हाँसेको
फिंजाई हात,गगन तिर,~~अंगालो हालेको
देखेर दृष्य,कल्पना गरें,~~म झरी बनेको।

रोकियो बर्षा,रोकियो हाँसो,रोकियो हर्कत
अगाडि बढिन्,लक्ष्यको मार्ग,सरर अब त
उज्यालो दिन,एक्कासी भयो,औंसीको रात झैं
सपना सबै,उडाइ लग्यो,भैदियो घात नै।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...