Friday, 15 September 2017

बिरानो परदेशमा

दशैं छैन,तिहार छैन ~बिरानो परदेशमा
आफन्तको प्यार छैन,बिरानो परदेशमा।

स्वदेशमा टीका,जमरा ~तयार भए पनि
सजिएको निधार छैन,बिरानो परदेशमा।

देउसी भैलो खेलिएका~ दिन हरु सम्झी
चित्त बुझ्ने आधार छैन,बिरानो परदेशमा।

विदेशमा आइयो हजुर~  के-के गर्छु भनी
तर स्वप्न साकार छैन,बिरानो परदेशमा।

प्यारी उता आफू यता ~बेला यो चाडको
हाम्रो आँखा चार छैन,~बिरानो परदेशमा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...