एकादेशको एउटा कथा भयो हाम्रो माया
इतिहासको दुख्ने ब्यथा भयो हाम्रो माया।
भताभुङ्ग छताछुल्ल भएको कहानी
सुनाउँदा आज हुन्छ आँखा पानी पानी
शिशा जस्तै टुक्राटुक्रा भयो हाम्रो माया
इतिहासको दुख्ने ब्यथा भयो हाम्रो माया।
दक्षिणमा पुगें म त,उनी पुगिन् उत्तर
माया भन्नु प्रश्न रैछ जस्को छैन उत्तर
आधा उता आधा यता,भयो हाम्रो माया
इतिहासको दुख्ने ब्यथा भयो हाम्रो माया।
No comments:
Post a Comment