दिउँसोको मध्यान्ह,
चिट-चिट पसिनाले सिंचाइ गरिरहेको छ
भरिया दाइको भाग्य।
पंक्षीहरु चिर्बिराउन थाल्छन्
गाईबस्तु बाँ-बाँ कराउन थाल्छन्
भरिया दाइका आँखाहरु क्रमशः मधुरा हुँदै जान्छन्
पाउहरु लर्बरिन्छन्
थचक्क भुइँमा बसेर आफूलाई सम्हाल्छ ऊ।
आज शीघ्र रात परेको छ
अझ भनौं-दिउँसै रात भएको छ
बिल्कुल निस्पट्ट रात।
चरनमा गएका गाईबस्तुहरु खर्कमै निंदाउँछन्
मान्छेहरु हो-हल्ला गर्छन्
"छोड चमरे-छोड"!
कोही काला चश्मा लाएर गगनतिर अवलोकन गर्छन्
कोही भन्छन्-"खाना खानु हुन्न"।
जति चिच्याए पनि
सूर्य निस्तेज भैसकेको छ
ज्योति गुमाइसकेको छ
उसले हारिसकेको छ।
गरुडले सर्प निले झैं
खग्रासले उसलाई निलिसकेको छ
नेपालका नेताहरुले देशलाई खाए जस्तै
ख्वाप्पै खाइसकेको छ।
No comments:
Post a Comment