Friday, 22 September 2017

श्रम

मुक्तक-१
अवरोध गरिएको~भ्रम जारी रहन्छ
दुष्मनले सधैं उस्तै क्रम जारी रहन्छ
दिनभरी रोके पनि~ कार्य गर्न उसले
मध्यरात पछि मेरो श्रम जारी रहन्छ।

मुक्तक-२
अपरिचित मान्छेलाई देखेर कराउँछ
खुवाएको खाना सबै-सबै याद आउँछ
लाइएका गुण हरु  मनुवाले बिर्सन्छन्
बरु कुकुरले सम्झी पूच्छर हल्लाउँछ।

मुक्तक-३
सत्य-सत्य भन्छु,साँचो मान्छे म त
पक्का बनाउँछु~ काँचो मान्छे म त
केही गरी देखाउँनुछ ~ मातृभूमिमा
यही देशको लागि खाँचो मान्छे म त।



No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...