Tuesday, 19 September 2017

रमाउँछु

बयली खेल्ने बृक्षका हाँगा सित रमाउँछु
छङछङ झर्ने झर्ना,छाँगा सित रमाउँछु।

समस्या र अभावले जब आँखा रसाउँछ
अलौकिक हिमालले हाँस्छ अनि हसाउँछ
फूल मात्र हैन म त काँडा सित रमाउँछु
छङछङ झर्ने झर्ना,छाँगा सित रमाउँछु।

पसिनाको सिंचाइमा सपनाको बीउ रोप्दा
सारा दु:ख दूर हुन्छ पवनले स्पर्श गर्दा
दीन,दु:खी,गरीब र नांगा सित रमाउँछु
छङछङ झर्ने झर्ना,छाँगा सित रमाउँछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...