डाली बाट तल नुंगी,~ ~~सामू पर्न आउ
तिमी आफैं गुलाफ हौ,~वास्ना छर्न आउ।
मेरो मन फँडानी भो,~बाढी-पहिरो आयो
प्रेमको बागमा बृक्षा~~~रोपन गर्न आउ।
कोही बिना जिन्दगी यो,रित्तो-रित्तो लाग्छ
यो मुटुको खाली ठाउँ~~ शीघ्र भर्न आउ।
मर्नुपर्छ भन्ने छैन ~~~ मेरो लागि सानी
मायाको गहिरो सागर~ ~संगै तर्न आउ।
छाती लाई बनाइदिन्छु बिशाल त्यो फांट
यौवनको खर्क भित्र~ ~तिमी चर्न आउ।
No comments:
Post a Comment