Thursday, 14 September 2017

यतातिर आफू भने

यतातिर आफू भने~ भातले अघाइसक्यो
उतातिर जवानीको खीर पो पकाइसक्यो।

के सावित गर्न खोज्यौ~ मुखले गाली गरेर
माया भएको कुरा त आँखाले बताइसक्यो।

दबाएर के दबिन्थ्यो,~सर्ब चेष्टा खेर होला
निंदाएको जोशलाई ~तिमीले जगाइसक्यो।

यौवनको मीठो फल चाख्छु चाख्छु छोडिंदैन
असरल्ल सामू भेट्दा मुख नै रसाइसक्यो।

अनायासै ढल्न लाग्दा~ कसले समाइदिने
पिरतीको तीखो तीर ~मतिरै चलाइसक्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...