तिम्रो जस्तै मेरो पनि,दुख्ने कोमल मन होला
साँचो माया गर्यो भने,हामी मुना मदन होला।
-पुष्पा धमला
यदि बिश्वास नलागेमा मेरो छाती छामी हेर
तिम्रै लागि धड्किदिने मुटुको धड्कन होला।
-माङ संग्राम
आस्था लाई फूलाउने फूलबारीमा प्रेमको
आगमन भै मुटुमा छुने तिमी पवन होला।
-मणि अन्जान
दुनियाँले हामीलाई तिरस्कार गरे पनि
हाम्रो माया स्वतन्त्र भई उड्ने गगन होला।
-टसी शेर्पा
मात्र धोका दिन सक्षम भयौ विश्वासमा मेरो
एकै रतिमा तोडि दिने कस्तो वचन होला।
-चोमु शेर्पा खुशी
म दुलाहा ऊ दुलही, त्यो स्वर्णिम रात हाम्रो
केहि प्रेमिल बात सँगै चुराको छनछन होला।
-प्रकाश पाठक "योगी"
मौनताले नाइँ भन्यो,तर मर्जी दियो दिलले
हस्तक्षेप होला बाहिर,भित्र समर्थन होला।
-समीर समीप
परदेश छोडी घरमा आउँदा राजा मेरो
उनको मेरो बीचमा कति मीठोपन होला।
-शारदा पौडेल
आज के भयो उसलाई भनी रातदिन तिमी
नसोच्नु मेरो बारेमा खुल्दुली झन्झन् होला।
-वसन्त ऋतु
मन मुटु कसो गरी फुट्छन् नसोच्नु कसैले
सायद यो कठोर मन फुटाउने घन होला ।
-निर्दोष महता जय
तिम्रो मेरो मन-मुटु यदि मिल्न सक्यो भने
हाम्रो दुई पाटाको एक सिक्का झैं तन होला।
-निशा शर्मा
रमाउँदा यस्तै हामी प्रेम गगनमा प्रिय
हाम्रो जोडि देखि यो दुनियाँलाई जलन होला।
-सोनम शेर्पा
No comments:
Post a Comment