हजारौं मान्छेहरुको भीडमा
देखें मैले एउटा सुन्दर फूल
जसको सिङ्गै बोटलाई
हृदयको बागमा रोप्न चाहन्छु।
सुवास क्षणिक हुन सक्छ
फूल मात्र टिप्दा
त्यसैले माटो सहितको बोट
छातीमा सजाउन चाहन्छु र
जिन्दगीभर सुवास लिन्छु।
फूललाई जीवन्त राख्न
हरपल छरिरहन्छु म
आफ्नो मायाको केमिकल।
कुनै भमराको कुनजर
फूलमाथि परेमा
मेरो नजरको तीरले
ठाउँको ठाउँ सिकार गर्नेछु।
हेल्लो अपरिचित बहिनी!
कुरा बुझ्यौ हैन?
के ट्वाल्ल परेर हेरेकी?
अचम्म मान्नुपर्दैन
त्यो फूल तिमी नै हौ।
No comments:
Post a Comment