Tuesday, 12 September 2017

बिदेशमा

बिदेशमा पैसै ठूलो~ठानेर बस्नुपर्छ
बोसलाई शीरमाथि राखेर बस्नुपर्छ।

दिसापिसाब लागेनी कामको समयमा
बल गरी जबर्जस्ती~थामेर बस्नुपर्छ।

बगाउँदै खल-खल~ पसिना बालुवामा
हजारौं सपनाहरु ~~मारेर बस्नुपर्छ।

घण्टा पनि दिन लाग्छ कठै मरुभूमिमा
मुश्किलले दिन रात ~काटेर बस्नुपर्छ।

नेपालको जस्तो झर्ना,नदी छैनन् यहाँ
केशै फुल्ने नुनपानी~चाखेर बस्नुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...