Saturday, 16 September 2017

दुख्छ मेरो देश

प्रवास खाडीमा दुख्छ मेरो देश
बम्बैको कोठीमा दुख्छ मेरो देश
सडकका पेटीमा दुख्छ मेरो देश
मेची र कालीमा दुख्छ मेरो देश।

फाटेको साडीमा,उध्रेको चोलीमा
पुरानो दौरामा, टालेको टोपीमा
सब एकै चोटीमा दुख्छ मेरो देश
एक टुक्रा रोटीमा दुख्छ मेरो देश।

भत्केका सडकमा, भाँचेका पुलमा
अँध्यारो शहरमा,सन्धिको भुलमा
नेताको गोजीमा  दुख्छ मेरो देश
शान्तिको खोजीमा दुख्छ मेरो देश।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...