मुटुको ढोका फोडेको सजाय के छ?
कोमल दिल चोरेको~ सजाय के छ?
उनको र मेरो नाम ~~जोडेर संगै
शिलालेख खोपेको ~सजाय के छ?
पागल जस्तै भएर ~~~~हर हमेसा
सानीको माया खोजेको सजाय के छ?
नदेखेर उनी लाई ~~कतै परिपरि
छिमेकीलाई सोधेको सजाय के छ?
एकोहोरो पिरतीमा~ कोही कसैको
छातीमा छुरा रोपेको सजाय के छ?
प्रियसीको सम्झनामा चुर्लुम्म डुबी
लोकल ठर्रा धोकेको सजाय के छ?
No comments:
Post a Comment