जीवनमा आयो कोही हरामी बनेर
डुबाएर गयो सबै~~सुनामी बनेर।
मृगतृष्णा देखें कति,देखाउँदा आशा
देखावटी चाल थियो, उ दामी बनेर।
जलाई ध्वस्त पार्यो महल सपनाको
आएको रहेछ ब्यारे~ मलामी बनेर।
मदहोसी भएकोथें ~पहिलो नजरमै
धोका दिए ती आँखाले बदामी बनेर।
उनी गईन् एकातिर,म अर्को दिशामा
सम्बन्ध दिगो भएन ~~हामी बनेर।
No comments:
Post a Comment