किन छेउ आउँछ्यौ,लाजै पचाएर
भन के-के पाउँछ्यौ,लाजै पचाएर।
बाबा,आमा,मित्रको वास्ता नै नगरी
छोटो-छोटो लाउँछ्यौ,लाजै पचाएर।
मेलापात धाउनु~~~पर्ने बेलामा नै
डिस्को-बार धाउँछ्यौ,लाजै पचाएर।
छताछुल्ल भएको यौवनको छाना
कहिले पो छाउँछ्यौ,लाजै पचाएर।
स्वर्गै देखाइदिने~~~नगरबधु लाई
तिम्ले हार ख्वाउँछ्यौ,लाजै पचाएर।
No comments:
Post a Comment