देखावटी श्रोत अर्कै,अर्कै काम हुन्छ
कालोलाई धोएपछि,सेतो दाम हुन्छ।
निको मान्नै छोडिसकें,मीठो बातलाई
बगालीमा छुरा हुन्छ,मुखाँ राम हुन्छ।
भव्य हुनैपर्छ यहाँ,देखासिकी गर्छन्
विहे,भोज,भतेरामा~ तामझाम हुन्छ।
देश खोक्रो बनाउने~~कर्मचारी लाई
सरकारी तर्फबाट ~ठूलो इनाम हुन्छ।
कसैगरी देशको हाल ~~फेरिएन भने
माङ बाट पक्कै पनि महा-संग्राम हुन्छ।
No comments:
Post a Comment