Wednesday, 13 September 2017

फूलको माया

जसरी फूलको माया तीखो काँडामा हुन्छ
त्यसरी मान्छेको माया अलि टाढामा हुन्छ

कति नै हुन्छ र बर्षा~पोखराको लुम्लेमा
त्यो भन्दा अत्याधिक मेरो आँखामा हुन्छ।

प्रेमी वा प्रेमिका बाट ~धोका पाए पछि
मान्छेको असली प्रेम जून-तारामा हुन्छ।

विचित्रको मोह हुन्छ ~~मानव जातिलाई
जस्तो कि पाथीको मोह,जब मानामा हुन्छ।

धेरै फुर-फुर नगर ~~ए युवा यूवती हो!
लडाउने तागत त ~बुढा-पाकामा हुन्छ।।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...