डोली चढी गएपछि गजल बनी आयौ तिमी
नयनमा नुनपानी पलपल बनी आयौ तिमी।
मेरो संगतले गर्दा ~~खराब भैसकेकी थियौ
माइतीघरमा आउँदा असल बनी आयौ तिमी।
तिम्रो प्रस्थान पश्चात्~प्रगतिको चाह बढ्यो
दिनरात पसिनाझैं खलखल बनी आयौ तिमी
बगाईदियो सारा स्वप्न,उजाड भयो जीवन
मेरो जीवनमा साँच्चै भल बनी आयौ तिमी।
बिपनीमा जलाइदियौ आकांक्षाको मेरो महल
हिजोराती सपनीमा दमकल बनी आयौ तिमी।
No comments:
Post a Comment