Monday, 18 September 2017

प्रतिक्षा

गरिबीको धारले
बिहान र बेलुका
दिनको दुई पल्ट रेटिन्छन्
आमाको मुटु-कलेजो।

सिंगो दिन-रात
अश्रुको बाढी आएर
जलमग्न हुन्छन् नयनहरु
डुबानमा पर्छ आमाको मन।

हरेक चाडपर्वमा
अभावको क्षेप्यास्त्रले
क्षत-विक्षत बनाउँछ
बाबाको छाती।

पिठ्युँमा य..त्रो वजन राखेर
आफू भन्दा ठूलो क्षेत्रफलको
आशा गरी केही फलको
पसिनाको सागर बगाउँछ।

ललाटको सागर बाट
उडेको वाष्प
छोराछोरीको मस्तिष्कमा
चिसिएर बर्सिन्छ
ज्ञानको वर्षा
कञ्चटमा बज्रन्छ
बौद्धिकताको चट्याङ।

झुसिलकिराको पखेटा
क्रमशः पलाउँदै गएर
सक्षम पूतली बन्छ र
उडेर पुग्छ विकसित मुलुक
उतै प्रगतिको शिखर चढेर
स्वदेश झर्न बिर्सन्छ।

प्रतिक्षारत बृद्ध-बृद्धाको कानमा
एका बिहानै खबर आउँछ
उतैको ग्रीनकार्ड पाएर
उतै घरजम गरे रे!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...