यता नि ठिक्क उता नि ठिक्क पारेर बिगार्यो
स्वार्थको लागि गोहीको आँसु झारेर बिगार्यो।
झगडा किन गर्दछन् यहाँ ~~ठेकी र मदानी
निस्पट्ट राती खलल नौनी ~तारेर बिगार्यो।
लाउँदा लुगा छोपेर सबै ~~अत्यन्तै सुहाथ्यो
रहर गरी फरिया माथि~~~ सारेर बिगार्यो।
प्रेमको युद्ध थालनी गर्यो ~~~शुरुमा उसैले
वार र पार नभई-कन ~~~~हारेर बिगार्यो।
फुलेर झर्नु,जन्मेर मर्नु ~~~~यथार्थ कुरा हो
नहुँदै जन्म निस्वार्थ प्रेम ~~मारेर बिगार्यो।
No comments:
Post a Comment