छोरो फिर्छ भन्दाभन्दै,आशमा बग्यो आँसु
पसिनाको भल संगै प्रवासमा बग्यो आँसु।
आफ्नै शरीरको पनि मालिक हुन सकिन्न
व्यतीत हुँदा जिन्दगानी दासमा बग्यो आँसु
झरी,चट्याङ परे जस्तै मनको आँगनीमा
कालो मेघ मडारियो,आकाशमा बग्यो आँसु
अनुभूति कस्तो होला,सुख अनि खुशीको
दु:खै दु:खको विशाल राशमा बग्यो आँसु।
आफ्नै औकात भुलेर खेल्न बस्यो खेलाडी
दक्षिणाको दाम छैन, तासमा बग्यो आँसु।
No comments:
Post a Comment