Monday, 11 September 2017

जब परेली

जब परेली झिम्क्याई दियौ,म त मरेछु
जब साथमा तिमीनै थियौ,मख्खै परेछु।

आँखामा बस्यौ तिमी सुटुक्क,शितल भयो
अँध्यारो थिएँ,तिमी आएसी,झलल भयो
थाहै नपाई तिम्लाई मैले माया गरेछु
जब साथमा तिमीनै थियौ,मख्खै परेछु।

क्षितिज पारी लान्थें उडाई जहाज भए
स्वर्गमा लगी मान्थें अप्सरा सहज भए
देखें सपना,ब्युँझिने बेला फ्याट्टै झरेछु
जब साथमा तिमीनै थियौ,मख्खै परेछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...