पूर्वको लालीले सम्झना दिलायो
धानको बालीले सम्झना दिलायो
पिरती लाएको हिमाली पाखैमा
गोठाल्नीवालीले सम्झना दिलायो।
क्षितिज लाई राखेर साक्षी चुम्बन गरेको
छातीको घना खेतमा माया मिलेर छरेको
कसरी सक्छु बिर्सन मैले सर्वस्व सुम्पेको
कहिले लेक कहिले बेशी चढेको झरेको।
भिजेका थियौं खुल्लामखुल्ला छाउने झरीमा
सम्झना ताजै रहन्छ सदा जिन्दगी भरीमा
इन्द्रेणी हेर्दै अंगालो हाल्थ्यौं सैलुङ्गे डाँडामा
इन्द्रेणी भन्दा रंगीन देख्थें मायाको आँखामा।
No comments:
Post a Comment