सुचना!सुचना!!सुचना!!
मान्छे हराएको सुचना।
सोच्दा-सोच्दै पागल हुन लागेको
तन्दुरुस्त र स्वास्थ मान्छे पनि
चौतारीको बूढो वर झैं
दुब्लाएर जीर्ण भैसकेको
एउटा नाजुक मान्छे।
भोक लुटिएको
निंद्रा हरण गरिएको
चैन खोसिएको
बेहाल मान्छे।
सागरमा एक थोपा बिलाए झैं
नागको मणि हराए झैं
"म" नामको मान्छे हराएको छ
एकोहोरो मायामा
कसैको चरम यादमा।
कसैले भेट्टाउनु भयो भने
जसको यादमा हराएको हो
उसैलाई बुझाएर मद्दत गर्नुहोला
धन्यवाद!!!
No comments:
Post a Comment