Wednesday, 27 September 2017

मुश्किल छ

मुश्किल छ भञ्ज्याङमा बन्न चौतारीहरु
त्यस्तै मुश्किल जोत्तिन बाँझा खेतबारीहरु

कपाल नभएकोलाई काइँयो बेच्छन् यहाँ
चाहिने भन्दा धूर्त भए अचेल ब्यापारीहरु।

समागम चाहिंदैन, ~~~~विहे गर्नै पर्दैन
असल आमा बन्न सक्छन् कन्याकुमारीहरु

प्रचण्ड मरुभूमिमा ~~भेटिन थालेका छन्
दशक पहिले धम्क्याउने~ बन्दुकधारीहरु।

संघ संस्था हरु यहाँ च्याउ झैं  उम्रेका छन्
भिखारी-संघ खोलिसके हेर्नुस् भिखारीहरु!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...