Wednesday, 13 September 2017

मिर्मिरेमा

मिर्मिरेमै छल्की जाने शीत हेर्न मन लाग्यो
ढल्कीजाने जिन्दगीको गीत लेख्न मन लाग्यो।

फेरि पनि उदाउँछ अस्ताएको त्यो रवि त
एकपल्ट अस्ताएसी उदाउन्न जिन्दगी त
जन्म-मृत्यु जीवनको रीत फेर्न मन लाग्यो
ढल्किजाने जिन्दगीको गीत लेख्न मन लाग्यो।

बिधाताले हाम्रो भाग्य छैंठीमा नै लेख्छ अरे
निधारमा जस्तो जति लेखिएको पाइन्छ रे
हार धेरै देखिसकें जीत देख्न मन लाग्यो
ढल्किजाने जिन्दगीको गीत लेख्न मन लाग्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...