Friday, 15 September 2017

टेर्न मन लाग्यो

उनले जस्तो अह्रायो,~त्यस्तै टेर्न मन लाग्यो
पिरतीको जञ्जीरले ~स्वयं बेर्न मन लाग्यो।

वाक्क दिक्क भएकोथें दिनै ढिंडो खाँदा-खाँदा
उनीलाई देखे पछि ~~मुख फेर्न मन लाग्यो।

ब्रम्हाचारी जस्तो भई ~गुम्सिएर बसेको छु
कहिल्यै नि नदेखेको संसार हेर्न मन लाग्यो।

ज्योतिषीको खोटी कर्म~ भविष्यवाणी सुनेर
छिट्टै अर्को जन्म लिन घाँटी सेर्न मन लाग्यो।

सकारात्मक नदेखेर ~~धेरै सालको नतिजा
भाग्यलाई झुक्याउन निधार केर्न मन लाग्यो।

अन्तै जान लागेको ~~उनको मायाको तरंग
मतिरै आउने गरी ~~बारले घेर्न मन लाग्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...