झुसिल्कीरा बाट तिमी पुतली बनेर
धरातल छोडी गयौ,औकात भुलेर।
पत्थर फ्याँकी ल्यायौ नि छाल मनको दहमा
बनाई दियौ आँशुको भेल आँखाको गहमा
गरीबलाई भुली गयौ अमीर भेटेर
धरातल छोडी गयौ,औकात भुलेर।
मायाको मुहान सुकाई दियौ ल्याएर खडेरी
जीवन मेरो बर्बाद पार्यौ बनाई अँधेरी
सोझी थियौ,आज गयौ नक्कली बनेर
धरातल छोडी गयौ,औकात भुलेर।
No comments:
Post a Comment