Monday, 3 July 2017

नीति बनाउँछु

नीति बनाउँछु म नियम बनाउँछु
देशद्रोही उडाउने बम बनाउँछु।

देश बनाउन छोडी टिल्ल भई बस्छन्
बिषादी मिसिएको रम बनाउँछु।

जस्तो लाई त्यस्तै गर्न जानेकोछु मैले
स्वर कैले धेरै कैले कम बनाउँछु।

भेदभाव हुने छैन देशको कुना-कुना
नारी र पुरुष लाई सम बनाउँछु।

आवश्यकता अनुसार प्रयोग गर्नलाई
तरवार बनाउँछु ,कलम बनाउँछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...