Wednesday, 12 July 2017

मन्द बिष

मन्द बिष जस्तो रैछ,निष्ठुरीको माया
अरे कति सस्तो रैछ,निष्ठुरीको माया।

उनीबाट गरिएका छलहरु,कसरी भुलुँ म
उनीसंग बिताएका पलहरु,कसरी भुलुँ म
गुदी हैन खस्टो रैछ,निष्ठुरीको माया
अरे कति सस्तो रैछ,निष्ठुरीको माया।

धनसंग माया साट्ने हरुसंग,सकिन्न जिउन
मौका छोपी जरा काट्ने हरुसंग,सकिन्न जिउन
बल्ल बुझें कस्तो रैछ,निष्ठुरीको माया
अरे कति सस्तो रैछ,निष्ठुरीको माया।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...