मैले तिम्रो लागि गर्न त खोजें
तर थोरै मात्र गर्न सकें
जति गर्यौ,जे गर्यौ,तिमीले गर्यौ
तिमीले मलाई दिलमा सजाएर त
आज म सुन्दर भएको छु
नत्र म जस्तो कुरुपको के हाल हुन्थ्यो
मेरो जिन्दगीको
उकाली चढ्यौ
ओराली झर्यौ
जिन्दगीको दौडमा
भोक लाग्दा भोक मेटायौ
प्यास लाग्दा प्यास मेटायौ
आधा थिएँ-सिंगो बनायौ
तिम्रो योगदानको कदर गर्दै
प्रिय तिमीलाई
"लाइफ टाइम एचिभमेन्ट एवार्ड" दिन्छु
चोखो मायाको आजीवन एवार्ड दिन्छु
अनमोल उपहार दिन चाहन्छु
त्यो के हो थाहा छ?
त्यो हो-नानी या बाबु!
Monday, 24 July 2017
एवार्ड
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment