Friday, 21 July 2017

बिना इन्धन

इन्धन बिना पनि आगो बाल्न सिक्नुछ
पत्थर जस्तो त्यो मुटु पगाल्न सिक्नुछ।

समयले पछार्यो उठ्नै नसक्ने गरी
आफ्नो वजन आफैंले उचाल्न सिक्नुछ।

दुनियाँको सामू म रमिता बनिदिंएँ
मैले पनि टाढैबाट नियाल्न सिक्नुछ।

पढाएर अलपत्र बनायो राज्यले
बिस्तारै-बिस्तारै बालुवा चाल्न सिक्नुछ।

बोक्सीको आरोपमा जलाईए नारी
कुप्रथा लाई जरैदेखि फाल्न सिक्नुछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...