Wednesday, 26 July 2017

डल्ले खुर्सानी

डल्ले हे डल्ले खुर्सानी!
दुई बित्ताको ज्यान बोकी
लाज शरम नमानी
हिंड्छौ केटी छानीछानी।

यस्तो गान्टे मुला संग
कसले पो गर्छन् बिहे
दुई फिटको मान्छेलाई
५ फिटकी चाहिने।

संगसंगै हिंड्यो भने
भाले संगै हराउँछौ
मान्छे सानो भएपनि
ठूलो स्वरले कराउँछौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...