पूर्णिमाको जून बनी आइदेउ प्रिया तिमी
खग्रास ग्रहण जस्तै भएको छ मन मेरो
जीवनको अन्धकार हटाइदेउ प्रिया तिमी।
तिमी बिना सिंगो छैन,आधा भई बाँचेकोछु
तिमी आई पूर्ण हुने आशा गरी हाँसेकोछु
मनको सिंहासनमा अटाइदेउ प्रिया तिमी
खग्रास ग्रहण जस्तै भएको छ मन मेरो
जीवनको अन्धकार हटाइदेउ प्रिया तिमी।
हिउँ बिना हिमालको अस्तित्व कस्तो हुन्छ
मायाबिना जीवनको अस्तित्व जस्तो हुन्छ
बिहानीको उषा बनी छाइदेउ प्रिया तिमी
खग्रास ग्रहण जस्तै भएको छ मन मेरो
जीवनको अन्धकार हटाइदेउ प्रिया तिमी।
No comments:
Post a Comment