याद आयो आँखा-आँखा जुधाएको पल
पिरतीको मीठो गीत सुनाएको पल
आधी भन्दा बढी जीउ सुकाएर मार्यो
अतीतले बर्तमान रुझाएर मार्यो।
कुनै बेला हाम्ले माया लाएथ्यौं नमूना
आँखाबाट बगिदिन्छ गंगा र जमुना
समयले फाँसी दियो हाम्रो मायालाई
दुनियाँले मासी दियो हाम्रो मायालाई।
उनको बाले गुन्डा पठाइ कुटाएको पल
जबर्जस्ती शीर मेरो फुटाएको पल
आधी भन्दा बढी जीउ सुकाएर मार्यो
अतीतले बर्तमान रुझाएर मार्यो।
तिरस्कार सहें मैले चाउरे भएर
परदेश लागेको थें लाहुरे भएर
स्वदेशमा फर्की जाँदा मायालु बेपत्ता
अब कुनै लक्ष्य छैन जानु मैले कता।
याद आयो त्रिशुलीमा नुहाएको पल
उनी आई सबै लुगा लुकाएको पल
आधी भन्दा बढी जीउ सुकाएर मार्यो
अतीतले बर्तमान रुझाएर मार्यो।
No comments:
Post a Comment