रक्त-मासी रहेसम्म रगतमा
मायागर्छु तिमीलाई ए मायालु
अक्सिजन रहेसम्म जगतमा
मायाको दौडलाई कसले भेट्न सक्छ
अजर -अमर प्रेम कसले मेट्न सक्छ
जूनतारा रहेसम्म ब्रम्हाण्डमा
मायागर्छु तिमीलाई ए मायालु
अक्सिजन रहेसम्म जगतमा।
चम्काऔं हाम्रो माया ध्रुवतारा जसरी
जलिरहोस् दुनियाँ हाम्रै माया देखी
तिमी मात्र रहेसम्म मगजमा
मायागर्छु तिमीलाई ए मायालु
अक्सिजन रहेसम्म जगतमा।
No comments:
Post a Comment