Sunday, 9 July 2017

बसाइँ

बसाइँ सर्न आतुर छु म, मुटुको कुनामा
चोरेको मन,आरोप लाई,राख्दिनु थुनामा।

बहस गर्नु पर्दैन अब, चाहिन्न वकिल
प्रमाण बिना,तिमीले जित्यौ,कमलो यो दिल
बाँधेर राख,सकिन्छ भने चोलीको तुनामा
चोरेको मन,आरोप लाई,राख्दिनु थुनामा।

स्वीकारी हार,मायालु तिम्रो,शरण पर्नेछु
सिउँदो माथि बिजयी टीका सिन्दूर भर्नेछु
बिलिन हुन चाहन्छ छिट्टै मदन मुनामा
चोरेको मन,आरोप लाई,राख्दिनु थुनामा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...