पर्खिबस आउँदैछु,हतार नगर
सपना सजाउँदैछु,हतार नगर।
महल हैन बनाउन सानो झुपडी
रुपियाँ कमाउँदैछु,हतार नगर।
हृदयको पाना भरी माया लेखेरै
कोसेली पठाउँदैछु,हतार नगर।
रुवाउन तिमीलाई चाहन्न सानू
बाध्य भै रुवाउँदैछु,हतार नगर।
छुट्याउँला समयले निष्ठुरी भई
बेसरी म डराउँदैछु,हतार नगर।
No comments:
Post a Comment