Sunday, 23 July 2017

बोली आफैं

बोली आफैं रोकिन्छ,तिमी सामू पर्दा
गोली आफैं रोकिन्छ,तिमी सामू पर्दा।

पुष्प पनि मुर्झाउँछ,तिमीलाई देखेर
शशी पनि अस्ताउँछ,तिमीलाई देखेर
खोली आफैं रोकिन्छ,तिमी सामू पर्दा
गोली आफैं रोकिन्छ,तिमी सामू पर्दा।

हलचल आइदिन्छ,टेक्दा तिम्रो पाइला
महादेव लजाउँछ,देख्दा तिम्रो पाइला
होली आफैं रोकिन्छ,तिमी सामू पर्दा
गोली आफैं रोकिन्छ,तिमी सामू पर्दा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...