Tuesday, 18 July 2017

हिउँमा रम्ने शेर्पीनी

हिउँमा रम्ने शेर्पिनी
अप्सरा भन्दा राम्री छ्यौ
संसारभरी खोज्दै हिंडे
सबैभन्दा दामी छ्यौ
सबैभन्दा नामी छ्यौ।

चाँपको फूल झैं हाँस न
टुङ्नाको तालमा नाच न
फनफनी घुमेर शेर्पीनी
नादिङ, सेब्रुमा नाच न।

छुर्पीको दाना क्या मीठो
आलुको रिल्दोग क्या मीठो
स्योक्पा र गुथुक क्या मीठो
कान्छीको माया झन मीठो।

बक्खु र पाङ्देन लाएर
स्योस्यु र ढिंडो खाएर
घरको शोभा बढाइ देउ
म संग सम्बन्ध गाँसेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...