अदृश्य छन् चोटहरु,म कसरी देखाउँ
अनगिन्ती ब्यथाहरु,कसलाई सुनाउँ।
लेख्ने भए कथा मेरो,महाभारत बन्छ
सम्झेर आफ्नै कहानी,अश्रुभेल बहन्छ
रुझिएका आँखा हरु,म कसरी सुकाउँ
अनगिन्ती ब्यथाहरु,कसलाई सुनाउँ।
पानाभित्र कोरें भने कसले पढिदिन्छ
नकोरेरै बसुँ भने कसले कोरिदिन्छ
आफैंसित चित्त लौन,म कसरी बुझाउँ
अनगिन्ती ब्यथाहरु,कसलाई सुनाउँ।
No comments:
Post a Comment