देश लुट्न आतुर छन् साला चोर हरु
करोडौंको गाडी माग्ने हरामखोर हरु।
दुर्गन्ध ती फैलाएर देश रोगी बनाए
आफूनै चोखो ठान्छन् तिनै फोहोर हरु।
प्राकृतिक श्रोत देखाई के लाउनु धाक
बेचिसके जमानामै अरुण तमोर हरु।
हामी जनता हरु मैन जस्तै पग्लियौं
बनाऔं अब हामीले मुटु कठोर हरु।
राष्ट्रघाती तत्व लाई च्युत गरेर पनि
सम्हालौं अब शासनका बागडोर हरु।
No comments:
Post a Comment