Wednesday, 19 July 2017

ठूल्ठूला गफ

स्मार्टसिटी!
सार्वजनिक स्मार्ट ट्वाइलेट
सरर गुड्ने मेट्रो रेल
ठाउँ-ठाउँमा आकाशे पुल
वाह नमूना शहर!
चौबिसै घण्टा झिलिमिली
सङ्लो कलकल बग्ने बागमती!
आहा!स्वर्ग झैं!!

हावाबाट बिद्युत उत्पादन
खनिज पद्धार्थको उत्खनन
घर-घरमा ग्याँसको पाइपलाइन
पचास हजार डलर प्रतिब्यक्ति आय
बिद्युतको निर्यात
अति विकसित
सिंगापुर जस्तो!!

गाउँ-गाउँमा सडक
घर-घरमा रोजगार
अत्याधुनिक खेती प्रणालीको बिकास
हेलिकप्टरले बीउ छर्न सकिने
एकै मिनेटमा रोपनी जग्गा खन्न सकिने
नेपालीको भाग्य!!

रोजगारको लागि बिदेशिनु नपर्ने
नेपाललाई बिश्वकै धनी देश बनाइने
कसैले भोकै मर्नु नपर्ने
रोजगारीको लागि बिदेशीलाई भिसा दिइने
नेपालीहरु छुट्टी मनाउन अमेरिका जाने
कति मीठो सपना!!

क्या मीठो आश्वासन बाँड्छौ नेता हो!
पहिले सडकका खाल्डाखुल्डी पुरेर देखा,
खानेपानीको ब्यबस्थापन त गर
धुलोमाडौंलाई सफा काठमाडौं बनाउ
ढलमतीलाई बागमती त बनाउ
बर्षौं टिक्ने पक्की सडक त बनाउ
अनि बिश्वास गरौंला!!

घुसखोरीको अन्त्य गर
कमिसनको खेल बन्द गर
भ्रष्टाचारबाट मुक्त होउ
टाउको दुख्दा उपचार गर्न बिदेश नजाउ
राज्यको करोडौं ढुकुटी नरित्याउ
सक्छौ यति गर्न??

हेलिकप्टर चढेर घुम्न छोड
बिदेशी प्रभुको शरणमा नजाउ
पाउ ढोगेर आशीर्वाद लिन छोड
देशको समस्या आफैं हल गर
बिदेशीको गोडा मोल्न छोड
भन त,सक्छौ??

जलस्रोत बेच्ने कार्य बन्द गर
बेचिएका नदी-नाला फिर्ता गर
सिमानामा काँडेतार लगाउ
पहिले स-साना कार्य गरेर त देखाउ
अनि ठूल्ठूला गफ गर्दै गरौंला !
हुन्न र नेताज्यु??

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...