त्यसै आगो बल्छ,अचेल सन्जालमा
ढुंगा पनि गल्छ , अचेल सन्जालमा।
रोप्नु नै पर्दैन, खेतमा धान,कोदो
आफैं मुरी फल्छ, अचेल सन्जालमा।
पाउनु नै हुन्न, नौलो बिषय बस्तु
हल्लैहल्ला चल्छ,अचेल सन्जालमा।
फेला परिहालेमा प्रयोग कर्ताको
तानाशाह ढल्छ,अचेल सन्जालमा।
परिचय फेरी , चल्छ र चलाउँछ
आफैं सित छल्छ,अचेल सन्जालमा।
No comments:
Post a Comment