गोपिनीलाई डुलाउँदै जोवन त्यसै गयो
माया प्रेम फुलाउँदै जोवन त्यसै गयो।
कैले स्याउ चाखें मैले,कैले अम्बा चाखें
जवानीको फल चाख्दै भुत्तुक्कै म थाकें
तरुनीलाई चराउँदै जोवन त्यसै गयो
माया प्रेम फुलाउँदै जोवन त्यसै गयो।
यौवनको धातु गाल्दै दाँत मेरो झर्यो
तीन बीस उमेरमा एउटी संग पर्यो
आँखा आँखा जुधाउँदै जोवन त्यसै गयो
माया प्रेम फुलाउँदै जोवन त्यसै गयो।
No comments:
Post a Comment