Tuesday, 18 July 2017

शेर्पाको माया

कान्छीको रुप मनपर्छ
कान्छीको आँखा मनपर्छ
सवभन्दा बढी मलाई
नादिङ भाका मनपर्छ
शेर्पाको भाषा मनपर्छ।

हिमाली दृश्य देखेर
स्वर्ग झैं सुन्दर लाग्छ
सदाको लागि हिमालमै
बसाइँ सर्न मन लाग्छ
त्यहीं नै मर्न मन लाग्छ।

कान्छीको हेराइ मनपर्छ
कान्छीको केश मनपर्छ
सबभन्दा बढी मलाई
शेर्पाको भेष मनपर्छ
शेर्पाकै देश मनपर्छ।

हिमालको हिउँ जस्तै
शेर्पाको मन राम्रो छ
नराम्रो छैन मन भित्र
शेर्पाको माया राम्रो छ
शेर्पाको जातै राम्रो छ।

लेकाली भेडा मनपर्छ
त्यहाँको चौंरी मनपर्छ
सबभन्दा बढी मलाई
लेकाली गोरी मनपर्छ
शेर्पाकै छोरी मनपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...